कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र मृतकको सङ्ख्या
रासस-सिन्ह्वा
प्रकाशित २०७८ असार ८ मंगलबार
922
Shares
वाशिङटन। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको सङ्ख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ ।
विश्वमा खोप लगाउने कार्य तिव्र बनाईएको छ। संयुक्त राज्य अमेरिका, भारत लगायत युरोपका देशहरूले खोप अभियान तिव्र बनाएका छन्। खोप अभियान पछि मृतकहरुको संख्यामा कमी आउने विश्वास गरिएको छ।
सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरूको सङ्ख्या यस प्रकार रहेका छन् ।
देश सङ्क्रमितको सङ्ख्याकूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ५४ हजार ३१९ छ लाख २ हजार ९२
भारत दुई करोड ९९ लाख ७७ हजार ८६१ तीन लाख ८९ हजार ३०२
ब्राजिल एक करोड ७९ लाख ६४ हजार ८६६ पाँच लाख २ हजार ५८६