काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सोमबार ३ लाख २९ हजार ३७९ जना मात्रै संक्रमित थपिएका हुन् । आइतबार ३ लाख ६६ हजार ३१७ जना संक्रमित देखिएका थिए । भारतमा गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए ।
योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड २९ लाख ९१ हजार ९२७ पुगेको छ । हाल सक्रिय संक्रमित घटेर ३७ लाख १० हजार ८९६ रहेका छन् । आइतबार ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।
सोमबार ३ लाख ५५ हजार ७४५ जना संक्रमितलाई निको भएको छ । लामो समयपछि सोमबार संक्रमित थपिने भन्दा निको हुने बढेका छन् ।
शनिबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ९० लाख २१ हजार २०७ पुगेको छ ।
त्यसैगरी सोमबार ३ हजार ७ सय ७७ जनाको ज्यान गएको छ । आइतबार ३ हजार ७४७ जनाको ज्यान गएको थियो । शनिबार ४ हजार ९१ जनाको ज्यान गएको थियो । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार १९१ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार २५ रहेको छ ।
भारतमा अहिलेसम्म १७ करोड १ लाख ७६ हजार ६०३ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।