२४ घण्टामा महामारी सुरु भएयताकै धेरै मृत्यु, ८ हजारभन्दा बढी संक्रमित थपिए
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
127
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५६ सय ५७ पुगेको छ ।
बुधबार देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्।