arrow

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
rajkumar-kc-nepal-police.jpg

काठमाडौं । कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचाररत उनको बुधबार राती निधन भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

२२ बैशाखमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । काठमाडौं मुलपानी घर भएका ४३ वर्षका केसी प्रहरीमा इमान्दार, दक्ष र निष्ठावान अधिकारीका रुपमा चिनिन्छन् ।

२०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए ।



लोकप्रिय समाचार
नयाँ