एग्रोभेट सेन्टरका सञ्चालक न्यौपानेको ‘दादागिरी’, पत्रकार खनालमाथि ज्यान लिने धम्की
नारायण वली
प्रकाशित २०७८ जेठ ८ शनिबार
232
Shares
रुपन्देही । वजारमा हाईव्रिड धान भनी गैरहाईव्रिड धान वेच्दै आएका लमही नगरपालिका पशु उपशाखामा कार्यरत दर्शन स्वर्गद्धारी एग्रोभेट सेन्टरका सञ्चालक शिवराज न्यौपानेको कालो व्यापारको कर्तुत वाहिर आएसंगै उनले लमहीका पत्रकार शिवराज खनाललाई शनिवार विहान ज्यान लिने धम्की दिएको पत्रकार खनालले जनाएका छन् ।
विहीबार नेपालयन खवर अनलाईन पत्रिकामा (अबैध धानको बीउ बजारमा बिक्री, सम्बन्धित निकाय मौन) शिर्षकमा समाचार प्रकाशित भएपछि, कालो व्यापारको पर्दाफास भएसंगै, उक्त एग्रोभेट सेन्टरका सञ्चालक न्यौपानेले पत्रकार खनाललाई ज्यान लिनेसम्मको धम्की दिएको खुलेको छ । उनी नगरपालिकामा कार्यरत एक सरकारी कर्मचारी पनि हुन् ।
वर्षायाम शुरु हुन लागेको छ । देउखुरी उपत्यका कृषिमा निर्भर छ । धान ब्याड राख्ने समय हुन थालेपछि, उन्नत जातको धानको बीउ खोजी गर्दै, एग्रोभेटमा पुगेका त्यहाँका किसानहरुलाई हाईब्रिड धानको उपमा दिदै, विलमा हाईव्रिड धान होृ भनेर, उल्लेख नगरेको किसानले सोध्दा पनि नवताएको रविल समेत नदिए पछि, किसानहरुलाई उक्त धान हाईव्रिड नभएको शंका लागेपछि, सोही विषयमा समाचार लेखेकै कारण पत्रकार खनाललाई ज्यान लिने धम्की दिदै अपशब्द समेत प्रयोग गरेको पत्रकार खनाल वताउँछन् ।
लमही नगरपालिका पशु उपशाखा प्रमुख न्यौपानेले पत्रकार खनाललाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार खनालको भनाई रहेको छ । किसानहरुलाई झुक्याएर धानको बिउ विक्री गरेको विषयमा किसानहरुले नै गुनासो गरेपछि, पत्रकार खनालले आफुले समाचार लेखेको वताएका छन् । हाम्रा कुरासंगको कुराकानीमा उनले भने, किसानहरुले गरेको गुनासोको रेकर्ड आफुसंग सुरक्षित रहेको जनाए ।
रेडियो देउखुरीका स्टेशन म्यानेजर समेत रहेका पत्रकार खनाल, नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यसमिति सदस्य हुन् । नेपालमा हाल गोरखनाथ ५०९ धानको बीउलाई नेपाल सरकारले बीउ बिउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले हाईब्रेड धान नभएको पुष्टि गर्दै, सुचिकृत विवरणबाट सो नाम हटाएर नेपालमा बिक्री वितरणमा समेत रोक लगाएको पाईएको छ ।
यसैविच, नेपाल पत्रकार महासंघ दाङ शाखाले एक विज्ञप्ती जारी गर्दै, समाचार लेखेकै भरमा पत्रकार माथि ज्यान मार्ने धम्की दिनु निन्दनिय रहेको वताएको छ । समाचारमा चित्त नबुझे खण्डन गर्ने एवं विभिन्न अन्य माध्यम हुँदाहुँदै, पनि अवैधानिक रुपमा पत्रकारलाई अपशब्द वोल्दै, धम्की दिनुलाई महासंभले गम्भिर रुपमा लिएको जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।