काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै उनीहरुले भण्डारी र ओलीको तस्विरमा गोबर छ्यापेर प्रदर्शन गरेका थिए।
पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई नेविसंघका महामन्त्रीद्वय दीपक भट्टराई र युवराज पाण्डेले माग गरेका छन् । नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए।