काठमाडौं । सरकारविरुद्ध काठमाडौंका विभिन्न स्थामा प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता कार्यकर्तालाई तत्काल विनाशर्त रिहाइ नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
संसद विघटन, चुरे दोहन गर्ने कार्यक्रम, पेट्रोलिय पदार्थमा भइरहेको मूल्यबृद्धि, उपप्रधानमन्त्री राजेन्द्र महतोको विखन्डनकारी अभिव्यक्तिलगायतको विरोधमा उत्रिएका विद्यार्थी रिहाइ गर्न उनले माग गरेका हुन् ।
प्रदर्शनका क्रममा लोकन्थली मनोहरा पुलबाट गिरफ्तार गरिएका विद्यार्थी नेताहरु संजय बुढाथोकी, अविनाश खड्का, आदेश यादव, अभिषेक नेपाल, राजेश नेपाली, मनिष ठकुरी, तेन्जिङ्ग तामाङ, लोकेन्द्र रावल, अर्जुन क्षेत्री र बुद्ध पन्थी साथै संसद भवनअघि बानेश्वरबाट गिरफ्तार गरिएका संजिब ढकाल, मनिष रायमाझी, रमित खड्का, मनिष खड्का, अन्जन राज खतिवडा र मनिष सिम्खडालाई तत्काल रिहा गर्न अध्यक्ष ढुंगानाले माग गरेका हुन् ।