काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गरेका पछिल्ला निर्णयहरू विरुद्ध नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) सोमबार काठमाडौँको सोह्र खुट्टेमा प्रदर्शन गरेको छ ।
विद्यार्थीहरूले चुरे दहन, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गरेका छन् ।
मूल्य वृद्धिको विरोध प्रदर्शनका उत्रिए नेविसंघ का नेता कार्यकर्ताहरूलाई प्रहरीले सोह्र खुट्टेबाट नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका नेविसंघका नेताहरू प्रशान्त लामिछाने,सागर बाबु भट्ट,सन्तोष श्रेष्ठ,शक्ति मान तामाङ, सबिन भण्डारी,लक्ष्मण भट्ट लगायत रहेका छन् ।
नेविसंघ नेतालाई तत्काल विनाशर्त रिहाइको गर्न महामन्त्री दीपक भट्टराईले माग गरेका छन् ।