कोरोना भाइरस ल्याबमा बनाइएको बारे अमेरिकी विज्ञ एन्थोनी फौचीले भने यस्तो
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
177
Shares
काठमाडौं। कोरोना भाइरस ल्याबमा बनाइएको हो या प्राकृति रुपमा उत्पन्न भएको हो ? यो प्रश्नको जवाफ अझैं स्पष्ट हुन सकेको छैन् । यस्तोमा ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार तथा अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फौचीले यो प्रश्नमाथि टिप्पणी गरेका छन् ।
डा. फौचीले कोरोना भाइरस प्राकृतिक रुपमै उत्पन्न भएको हो भन्ने बिषयमा विश्वास गर्न सहज नभएको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगकाे एक अन्तवार्तामा क्रममा डा. फौचीलाई कोरोना भाइरस प्राकृति रुपमै आएको हो ? भनेर प्रश्न गरिएको थियो । यसको जवाफमा उनले यसमा आफुले विश्वास गर्न नसक्ने बताएका हुन् । चीनबाट कसरी कोरोना भाइरस फैलियो भन्ने बिषयमा थप अनुसन्धान हुन जरुरी रहेको उनले बताएका छन् ।
कोरोना भाइरस कसरी मानव जातिमा आइपुग्यो भन्ने बिषयमा अनेकौं तथ्यहरु अस्पष्ट रहेका छन् । चीनमा यसको उत्पत्तीबारे अध्ययन गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिमलाई चीनले पूर्ण सहयोग नगरेको आरोप छ ।