arrow

पूर्वमन्त्रीसँग मापदण्ड बिना हिँडेका प्रजिअद्धारा पत्रकारमाथि अपशब्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
jumla-corona.jpg

जुम्ला । कोरोना भाइरसको महामारीले आक्रान्त पारिरहँदा सचेतना जगाउन समाचार लेख्दा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पत्रकारमाथि ‘पत्रकार भनाउँदा भन्दै’ अपमानजनक शब्द प्रहार गरेका छन् । पूर्वमन्त्री नरेश भण्डारीको स्टाटसमा उल्लेख गरेका तपसिलका व्यक्तिहरूको जम्बो टोली हुँदा हुँदै प्रजिअ थापाले सामाजिक सञ्जालमा अपमानजनक शब्दहरू प्रयोग गरेका हुन् । 

बाहिनीपति (नेपाली सेना), प्रमुख (जिल्ला  समन्वय समिति), प्रमुख जिल्ला अधिकारी, प्रमुख (जिल्लास्थित सुरक्षा निकायहरू) तथा केही पत्रकारहरू  लगायतको जम्बो टोली गाउँपालिकाका कोभिड अस्थायी अस्पताल र हेल्थ डेस्क अनुगमन गर्न भनी सामाजिक दूरीलाई बेवास्ता गर्दै गाउँगाउँमा हिँडेको सामाजिक सञ्जालमा र तस्वीरहरूले प्रष्ट पारेता पनि स्वास्थ्य मापदण्ड, सामाजिक दूरीको पालना गराउने निकायका प्रमुख प्रजिअबाटै एपी वान टेलिभिजन तथा अन्नपूर्ण दैनिकका जुम्ला रिपोर्टर प्रकाश उपाध्यायको फेसबुक कमेन्टमा ‘अग्नि पीडितको नक्कली तस्वीर हालेको विषयलाई इंकित गरेर पत्रकार भनाउँदाहरूले भीडभाडका फोटा मात्र खिचेछन्’ लगायतका अपशब्दहरू प्रयोग गर्दै पानी माथिको ओभानो बन्ने खालको प्रतिकृया लेखेका छन् । 

यस्तो महासंकटको बेला केही राजनीतिक दलका नेताहरू सामाजिक दूरी कायम र स्वास्थ्य मापदण्ड अपनाई  अनुगमन र पीडितलाई सान्त्वना दिनका लागि अभियान चलाउनु त स्वभाविक हो तर राजनीतिक भेटघाट जस्तो भीड मच्चाउने गरी हिँड्नु राम्रो नभएको स्थानीयको भनाइ छ । 

निषेधाज्ञाले मान्छे थुनिइरहेको अवस्थामा सुरक्षासहित जम्बो टोली गाउँ हिँड्नुले जनमानसमा सकारात्मक सन्देश जाँदैन नै संक्रमणले पनि उच्च रूप लिन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।

यता जुम्लाकै मुटुको रुपमा रहेको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेशन नहुँदा बिरामीहरू घरमै बसिरहेकाले अझ संक्रमण उच्च जोखिममा रहेको छ । तर कुनै सरोकारवालाको ध्यान गएको छैन । 

चन्दननाथ नगरपालिकाका अनुसार अन्य स्थानीय तहहरूलाई बजेट छुट्याइएता पनि नगरपालिकालाई प्रदेशले कोरोना नियन्त्रण तथा रोकथामको लागि कुनै बजेट नदिँदा र राजनीतिक दाउपेचले हेरेकै कारण कुनै काम गर्न सकिएको छैन । 

पूर्वमन्त्री भने हरेक पटक जुम्ला आउँदा यो त्यो बहानामा प्रजिअ सहितको जम्बो टोली बोकी प्रतिष्ठानबाट अनुगमन शुरू गर्दै गाउँ हिँड्ने गर्छन् नगरपालिकाले बजेटको कुरा गर्दा प्रतिष्ठानमा हालेको भन्दै पन्छिने र नगरपालिकालाई सौतेनी व्यवहार गरेको स्पष्टै छ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा कमाण्डरको जिम्मेवारी पाएका  प्रजिअ थापाले पत्रकारहरूलाई फरक नजरले हेर्ने सामाजिक सञ्जालमा तथानाम शब्द प्रयोग गरी राजनीतिक दलमाथि गरेको टिकाटिप्पणीहरूमा समेत आफू  जवाफदेही भइ विवादमा आउने गरेका छन् ।

यसरी जिम्मेवार मान्छेले सामाजिक सञ्जालमा  पत्रकारमाथि  प्रयोग गरेका शब्दहरू आपत्तिजनक र  गैरजिम्मेवार रहेको भन्दै केही पत्रकारहरूले आपत्ति जनाएका छन् । तत्काल सामाजिक सञ्जालबाटै शब्द चयन नगरे विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइनेसमेत तयारी भइरहेको जनाएका छन् । 



लोकप्रिय समाचार
नयाँ