arrow

सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
tharu-nepal-gov-mou.jpg

काठमाडौं । टीकापुर घटनाका आरोपीमाथि लगाइएका मुद्दा फिर्ता तथा रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ ।

नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा टीकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ ।

थरुहट/थारुवान आन्दोलनका क्रममा शहीद भई राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मुल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री तथा वार्ता टोली प्रमुख लीलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट वार्ता टोली प्रमुख रुकमिणी चौधरीको हस्ताक्षर गरेका छन् । 
 



लोकप्रिय समाचार
नयाँ