arrow

पाकिस्तानमा लैङ्गिक विभेद कायमै, सडकमै हुन्छ महिलामाथि दुर्व्यवहार

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
pakistan-women-cycle-rider.jpg

इस्लामावाद। संसार लैङ्गिक समानताका लागि हरेक पहल गरिरहेको छ भने यही विश्वको कतिपय भागमा महिलाहरूको जीवन एक पीडादायी अनुभवहरूमा बितिरहेको छ। पाकिस्तानका महिलाहरूले पनि निकै विभेदपूर्ण जीवन व्यतीत गरिरहेका छन्। पाकिस्तानका सडकहरूमा महिलाहरूलाई गरिने दुर्व्यवहारमा वृद्धि भएको छ।

महिलाहरूले घरभित्र र घरबाहिर शारीरिक उत्पीडनका सिकार हुनुपरेको छ भने यौन दुर्व्यवहारको सामना गर्नुपरेको छ। जब एक महिला सडकमा उत्पीडनमा फर्छिन भने सँगै उभिएकाहरूले केही गर्दैनन्, तिनीहरू प्रायः बेकारमा उभिएका हुन्छन् र हेरिरहन्छन्। जबकि, केहीले उत्पीडन गर्नेहरूबाट कुटिने डरले पनि उनीहरूसँग केही बोल्ने साहस गर्दैनन्।

कुनै महिलालाई सडकमा दुर्व्यवहार गर्नु सामान्यजस्तै बनिसकेको छ पाकिस्तानमा। अब यस किसिमका उत्पीडनलाई स्वाभाविक लिन थालिएको छ। सार्वजनिक स्थलहरूमा नै महिलाहरू सुरक्षित हुँदैनन्।

उत्पीडनकै कारण महिलाहरूले जागिर छोड्नु परेको छ भने दिनचर्या नै समस्यामा बितिरहेको छ। हरेक दिनको उत्पीडनको सामना गर्नुपर्ने भएका कारण महिलाहरू सडकमा निस्किँदैनन् र जागिरमा जाँदैनन् र जागिर छोड्न बाध्य भएका छन्।

भर्खरै इस्लामाबाद प्रहरीले औपचारिक रूपमा पहिलो पटक साइकल गस्ती सुरु गरेको छ। सडकमा महिलाहरूलाई हुने उत्पीडन रोक्नका लागि साइकल गस्ती सुरु गरेको हो। प्रहरी महानिरीक्षक (आइजिपी) इस्लामाबादका काजी जमीलुर रहमानले सहरमा साइकल गस्ती इकाईको सुरुवात गरेका हुन्।

नागरिकहरूसँग मैत्री सम्बन्ध विकास गर्न र सडकमा महिलाहरूमाथि हुने उत्पीडनलाई रोक्नका लागि यो पहल सुरु गरिएको रहमानलाई उद्धृत गर्दै द न्यूजले लेखेको छ।



लोकप्रिय समाचार
नयाँ