arrow

गिलगिट बाल्टिस्तानमा राज्य प्रायोजित भेदभाव र शोषणको माग गर्दै प्रदर्शन

logo
एजेन्सी
प्रकाशित २०७८ असार ७ सोमबार
gilgit-baltistan-people.jpg
फाइल तस्बिर

घिजार। पाकिस्तानको नियन्त्रणमा रहेको गिलगिट बाल्टिस्तानमा इस्लामाबादले भेदभाव र शोषण गरेको आरोप लगाएका छन्। गिलगिट बाल्टिस्तानका राजनीतिक नेताहरुले पाकिस्तान सरकारले बाल्टिस्तानमा राज्य प्रायोजित विभेद र शोषण गरेको भन्दै यस्ता शोषण अन्त्य गर्ने आग्रह गरेका छन्।

गिलगिट बाल्टिस्तानमा भइरहेको विभेद र शोषणविरुद्ध पाकिस्तान सरकारको विरोध र आलोचनासहित स्थानीय दलहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टीले यस क्षेत्रको विधायकीय नियन्त्रण पाएपछि स्थिति थप खराब भएको बताएका छन्।

इमरान खान र उनको पार्टीले गिलगिट बाल्टिस्तानका जनतालाई विशेष प्याकेज दिने प्रतिबद्धता जाहेर गरे पनि प्याकेज नदिएर उनीहरूप्रति विभेद गरेको आरोप उनीहरुले लगाएका छन्।

राजनीतिक नेता शफकत अली इंकिलाबीले भने, हामी इमरान खान र खालिद खुर्शीदलाई यो अत्याचारपूर्ण विभेद रोक्न आवश्यक छ भन्ने सन्देश दिन चाहन्छौं। हामी तपाईले बोलेको झूटको जवाफ चाहन्छौं। यो प्रतीकात्मक विरोध हो।

गिलगिट बाल्टिस्तान सम्मेलनका सदस्य नवाज खान नाजीले यस्तै विभेद सरकारले कायम राखेमा नागरिकको आक्रोश बढ्दै गएर एक जना एक बम बनेर पड्किने बताएका छन्।



लोकप्रिय समाचार
नयाँ