arrow

पाकिस्तानको सिन्धमा युरिया र डिटर्जेन्ट मिसाइएको दूध बिक्री

logo
एजेन्सी
प्रकाशित २०७८ असार ६ आइतबार
milk1.JPG
फाइल तस्बिर

सिन्ध। सिन्ध खाद्य प्राधिकरण (एसएफए) ले शुक्रवार सिन्ध उच्च अदालतलाई प्रान्तमा बिक्री भइरहेको दूधले स्वास्थ्यमा गम्भीर असर गरिरहेको बताइएको छ। प्रान्तको विभिन्न भागमा बिक्री भएको दूधको नमुनाहरूको द्रुत परीक्षणमा डिटर्जेन्ट, सोडियम क्लोराइड र युरिया रहेको पाइएको न्यूज इन्टरनेसनलले जनाएको छ।

दूधको बढ्दो मूल्य र दूधमा रासायनिक प्रयोग विरुद्ध सीन्ध उच्च अदालतमा रिट दायर गर्दै एसएफएका निर्देशक नेतृत्वको अख्तियार प्राप्त टिमले सहर र अन्य जिल्लाहरूका दूध पसलमा विभिन्न समयमा छापा मारेको छ। प्रान्तमा यस्ता दुग्ध बिक्रेताहरूलाई जरिवाना भराउनुको साथै नागरिकको स्वास्थ्यमा परेको असरको क्षतिपूर्ति गर्नुपर्ने बताइएको छ।

खाद्य प्राधिकरणका अधिकारीले प्राधिकरणले १ मेदेखि मे ६ सम्म प्रान्तको १३४ दूध पसलको ४३ नमुनाहरूको परीक्षण गरेको थियो। जसमा डिटर्जेन्ट, सोडियम क्लोराइड र युरियाको नमुनाहरू रहेको पाइएको छ। प्राधिकरणले उक्त प्रान्तमा ४०० भन्दा बढी स्थानमा निरीक्षण र छापा मारेको द न्युज इन्टरनेसनलले जनाएको छ।

एसएफएले एसएचसीलाई दिएको जानकारी अनुसार कमसल दुग्ध व्यापारीलाई एक लाख ४५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। यही क्रममा केही व्यापारीहरूलाई पनि नियन्त्रणमा लिएको छ।

दूधको मूल्य निर्धारणको सम्बन्धमा कराँचीका अतिरिक्त आयुक्तले दूधको थोक दर प्रतिलिटर ८८.५ रुपैयाँ छ भने खुद्रा मूल्य प्रतिलिटर ९४ रुपैयाँ तय गरिएको छ।



लोकप्रिय समाचार
नयाँ