पछिल्लो २४ घण्टामा करिब साढे दुई हजार संक्रमित थपिए, चार हजार निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
412
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यसै समयावधिमा थप ४६ जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ ।
संक्रमण कम देखिए पनि परीक्षण पनि घटेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४८७९ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४०६ परीक्षण भएको छ ।