arrow

कोरोना महामारीमा सहयोग जुटाउँदै मनिषा कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
manisha-koirala.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अभिनेत्री मनिषा कोइराला सामाजिक काममा क्रियाशिल बनेकी छन् ।कोरोना संक्रमितलाई मानविय सहयोग गर्ने र स्वास्थ्य सामाग्री जुटाउने काममा मनिषाको सक्रियता बढेको हो ।

केही साताअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग जुटाएकी उनले आइतबार नेपाल प्रहरीलाई सामाग्री हस्तान्तरण गरेकी हुन् ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई उनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । उनले ४ हजार थान मास्क, ४ हजार थान फेस सिल्ड र १ हजार थान स्यानिटाईजर लगायतका सामग्री सहयोग गरिन् ।

केही साताअघि पनि मनिषाले वीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्लिेटर, सय थान पीपीई, फेस सिल्ड र आवश्यक मास्क प्रदान गरेकी थिइन ।

विभिन्न सामाजिक र व्यावसायिक संघ-संस्थाकी ब्रान्ड एम्बेसडरसमेत रहेकी मनिषा पछिल्लो समय फिल्मी दुनियाँमा भन्दा सामाजिक कार्यमा सक्रिय बनेकी हुन् ।



लोकप्रिय समाचार
नयाँ