arrow

संक्रमणमुक्त हुने दर बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
corona-variant.jpg

काठमाडौँ । कोभिड–१९ बाट संक्रमणमुक्त हुने सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ  । गत २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतवार मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको संक्रमणमुक्त हुने जानेको सङ्ख्या बढ्दै गएको जानकारी दिए ।

गत २४ घण्टामा दुई हजार ४४२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

 गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ ।  नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् । प्रवक्ता पौडेलका अनुसार संक्रमणदर घट्दै गएको छ । काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन् ।

 काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना संक्रमित थपिए । त्यस्तै, १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
नयाँ