पाँचथर । कोरोना संक्रमणका कारण पाँचथरको कुम्मायक गाउँपालिकाकी २५ वर्षिय महिलाको निधन भएको छ । मंगलबार विहान निधन भएकी उनी १० दिनकी सुत्केरी हुन् ।
असार ४ गते पाँचथर अस्पतालमा एन्टिजेन विधिवाट परीक्षण गर्दा कोरोना पुष्टि भएको र अवस्था जटिल वन्दै गएपछि झापा स्थित विर्तासिटी अस्पतालमा पुर्याइएकी उनको मंगलबार विहानै निधन भएको बताइएको छ । उनका श्रीमान र बच्चामा समेत कोरोना पुष्टि भएको छ ।
यद्यपी उनीहरुको अवस्था भने सामान्य रहेको छ । मृतकको शव मंगलबारै नेपाली सेनाको टोलीले झापामा व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष जयवहादुर चेम्जोङले वताए ।