15 Nov testing News: शितलनिवासमा बसेर राष्ट्रपति भण्डारी एमालेका पदाधिकारी छान्दै, छोरीलाई केन्द्रीय सदस्य
फाल्गुन १४, २०७७मकर श्रेष्ठ
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
505
Shares
Caption of the pic
प्रतिनिधि छनोटको चरण नसकिँदै अध्यक्ष केपी शर्मा ओली बाहेकका अन्य पदमा शीर्ष नेताहरुबीच हानाथाप शुरु हुँदा वरिष्ठ उपाध्यक्ष र महासचिवमा कसलाई बनाउने–ल्याउने भन्ने बारेमा ‘शितल निवास’ (राष्ट्रपति विद्यादेवी भण्डारी पक्ष) ले चासो राख्न थालेको छ ।
एमालेकै निवर्तमान उपाध्यक्षबाट राष्ट्रपतिमा निर्वाचित भण्डारीले वरिष्ठ उपाध्यक्ष र महासचिवमा चासो राख्न थालेकी हुन् । एमाले –माओवादी एकीकरणकै बेला जनताको बहुदलीय जनवादको वकालत गर्ने महासचिव ईश्वर पोखरेल र ओलीको गुटबाट बहुदलीय जनवादका व्याख्याता शंकर पोखरेललाई जसरी पनि नेतृत्वमा स्थापित गर्नेगरी राष्ट्रपति भण्डारीले चासो दिन थालेकी हुन् ।
एमालेको आठौं महाधिवेशनदेखिनै अघोषित गुट चलाउँदै आएकी भण्डारीले यसपटक जसरी पनि आफूले चाहेको नेतालाई वरिष्ठ उपाध्यक्ष, महासचिव र सचिवमा ल्याउन चाहेकी छिन् । यसपटक महासचिवमा हुने व्यक्ति नै आगामी ११ औं महाधिवेशनमा अध्यक्ष हुने संभावना भएकाले राष्ट्रपति भण्डारीले शंकर पोखरेललाई जसरी पनि महासचिव बनाउनु पर्ने भन्दै लविङ गरिरहेकी छिन् ।