काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणनामा ढिलाइ हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि साढे १० बजेतिर मात्रै मतगणना हुन सक्ने जनाइएको छ ।
निर्वाचन समितिका सचिव केसव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ हुने बताए । उनले भने , ‘मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।’
महामन्त्रीका दुई सिटका लागि डा . प्रकाशशरण महत , प्रदीप पौडेल , गगनकुमार थापा , डा . मीनेन्द्र रिजाल , विश्वप्रकाश शर्मा र डा राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा। शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् ।
शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।
यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन