नेतृत्वका लागि संस्थापन पक्षबाट सुरेन्द्र सिंह र संस्थापन इतर पक्षबाट लक्ष्मण राय यादव मैदानमा छन् । तर हिजो साँझ आठ बुँदे सहमति गरेर आज मतदानको टुङ्गो लगाएको भए पनि अचानक आज आएर संस्थापन पक्षले आचारसंहिता नमान्ने जनाएसँगै मतदान स्थगित भएको हो ।
जिल्ला निर्वाचन अधिकृत अभिवक्ता नागेश्वर प्रसाद सिंहले निर्वाचन स्थगन भएको सम्बन्धमा केन्द्रीय निर्वाचन समिति काठमाडौं र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई वोधार्थ दिँदै आजका लागि तय भएको निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकाले हाललाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन कार्य सम्पन्न गर्न गराउनका लागि तोकिएको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको जानकारी गराएका छन् ।