तरुण दलले स्थापना दिवसमा शिक्षण अस्पताललाई दियो स्वास्थ्य सामाग्री
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
182
Shares
काठमाडौं । नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले कोरोना भाईरस उपचारमा सहयोगको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै तरुण दलले ६८ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष जित जङ्ग बस्नेतले बताए ।
शुक्रबार एक कार्यक्रम बीच शिक्षण अस्पतालमा चार हजार थान मास्क, ३० थान पि.पि.ई सेट र ५२ थान फेस शिल्ड तरुण दलले दिएको छ । स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाण्डौँ क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए ।