सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य
प्रकाशित २०७७ पुष १३ सोमबार
151
Shares
काठमाडौं। टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ। अब टाटा मोटर्सको कमर्शियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशैभरिका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक तथा निजी प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने कम्पनीले जनाएको छ।
तोकिएको सहुलियतपूर्ण कर्जाभित्र
टाटा मोटर्सका व्यवसायिक अथवा निजी प्रयोजनका सवारी साधन खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहुलियतपूर्ण कर्जा
बिना धितो न्युनतम ब्याजमा कर्जा उपलब्ध
७० प्रतिशतसम्मको फाईनान्स सुबिधा
७ दिन भित्र नै कर्जा स्वीकृति
व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा,
शिक्षित युवा स्वरोजगार कर्जा,
विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा,
महिला उद्यमशील कर्र्जा, र
दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।
टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।
सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।