arrow

बाँकेमा कोरोनाबाट शनिबार बिहान थप एक जना पुरुषको मृत्यु

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
corona-virus.jpg

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप एक जना पुरुषको मृत्यु भएको छ। खजुरा गाउँपालिका वडा नम्बर ७ का ८८ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि मंसिर ३० गते उनको भेरीमा स्वाव संकलन गरिएको थियो।

त्यसै दिन उनलाई भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो। रोगको प्रकृति अनुसार सबै प्रकारको उपचार गर्दागर्दै विरामीको विहान ३:२० बजे मृत्यु भएको वलीले बताए। यो सँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ।



लोकप्रिय समाचार
नयाँ