काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर शीर्ष तीनमा पुगेको छ । शनिबारको खेलमा लिड्स युनाइटेडविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेसँगै टोटनह्याम शीर्ष तीनमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारि केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक–एक गोल गरे ।
यस्तै खेलको अन्तिम केही समय टोटनह्याम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो ।