arrow

कोरोना कहर

विश्वका कोरोना पीडित शीर्ष दश देशको यस्तो छ हालत 

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
newborn-nurse.jpg

काठमाडौं । विश्वमा अहिलेसम्म ८ करोड ४९ लाख ४५ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित भइसकेका छन् । शनिबार ५ लाख २७ हजार २५० संक्रमित थपिएका छन् । अहिलेसम्म १८ लाख ४२ हजार ७७१ जनाको ज्यान गइसकेको छ । शनिबार ७ हजार ९७३ जना मृतक थपिएका छन् । 

सबैभन्दा पीडित अमेरिकामा संक्रमित २ करोड ८ लाख ८२ हजार ६२४ पुगेका छन् । शनिबार २ लाख १० हजार ५९० संक्रमित थपिएका छन् । मृतकको संख्या ३ लाख ५८ हजार ५१७ पुगेका छन् । 

दोस्रो स्थानको भारतमा १ करोड ३ लाख २४ हजार ६३१ संक्रमित पुगेका छन् । शनिबार २१ हजार २२२ संक्रमित थपिएका छन् । मृतक शनिबार थपिएका २६६ सहित १ लाख ४९ हजार ४७१ पुगेका छन् । 

तेस्रो स्थानको ब्रजिलमा संक्रमित ७७ लाख १६ हजार ४०५ जना पुगेका छन् । शनिबार १५ हजार ८२७ संक्रमित थपिएका छन् । मृतक ३०१ थपिएर १ लाख ९५ हजार ७४२ पुगेका छन् । 

चौथो स्थानको रुसमा शनिबार थपिएका २६ हजार ३०१ सहित संक्रमितको संख्या ३२ लाख १२ हजार ६३७ पुगेको छ । मृतक ४४७ थपिएर ५८ हजार २ पुगेका छन् । 

पाँचौं स्थानको फ्रान्समा ३ हजार ४६६ संक्रमित थपिएर २६ लाख ४३ हजार २३९ पुगेका छन् । मृतक १५६ थपिएसँगै ६४ हजार ९२१ पुगेका छन् । 

छैटौं स्थानको बेलायतमा ५७ हजार ७२५ संक्रमित थपिएर २५ लाख ९९ हजार ७८९ पुगेका छन् । मृतक ४४५ जना थपिएर ७४ हजार ५७० पुगेका छन् । 

सातौं स्थानको टर्कीमा ११ शहजार १८० संक्रमित थपिएर २२ लाख ३२ हजार ३५ पुगेका छन् । मृतक २०२ थपिएर २१ हजार २९५ पुगेका छन् । 

आठौं स्थानको इटालीमा ११ हजार ८३१ संक्रमित थपिएर २१ लाख ४१ हजार २०१ पुगेका छन् भने ३६४ मृतक थपिएर ७४ हजार ९८५ पुगेका छन् । 

नवौं स्पेनमा संक्रमित १९ लाख ३६ हजार ७१८ पुगेका छन् भने मृतकको संखया ५० हाजर ८३७ रहेको छ । 

दशौं स्थानको जर्मनीमा ८ हजार ४९२ संक्रमित थपिएर १७ लाख ७१ हजार १७ पुगेका छन् । मृतक २३४ थपिएर ३४ हजार ७५३ पुगेका छन् । 

 



लोकप्रिय समाचार
नयाँ