काठमाडौं । विश्वकै कोरोना भाइरस पीडितमध्ये छैटौं स्थानको बेलायतमा एकै दिन अहिलेसम्मकै बढी ५८ हजार बराबर संक्रमित थपिएका छन् । शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ हजार ७२५ संक्रमित थपिएका हुन् ।
यसअघि यसअघि बिहीबार ५५ हजार ८९२ जना थपिएका थिए । योसँगै बेलायतमा कोरोना संक्रमितको संख्या र २५ लाख ९९ हजार ७८९ पुगेका छन् ।
शनिबार ४४५ जनाको ज्यान गयो । योसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७४ हजार ५७० पुगेको छ ।
१ हजार ८४७ जना गम्भीर बिरामी छन् । बेलायतमा अहिलेसम्म ५ करोड ४८ लाख ९२ हजार ९८४ जनाको पीसीआर परीक्षण भएको छ ।
बेलायतमा संक्रमित बढ्नुका साथै नयाँ स्वरुपको कोरोना देखिएसँगै उक्त देशसँग चार दर्जनबढी देशले हवाइ सम्पर्कसमेत तोडेका छन् ।
नयाँ वर्ष मनाउन पनि बेलायतमा दिइएन । निकै कडाइ गरिए पनि संक्रमित थपिने क्रम तीव्र रहेको छ । खोप लगाउने क्रम पनि जारी नै रहेको छ ।