काठमाडौं । पूर्व ल्यारी किङ शो का कार्यक्रम संचालक ल्यारी किङ अस्पतालमा भर्ना भएका छन् । ब्रोडकास्ट दुनियाँका लिजेन्ड ८७ वर्षीय ल्यारीलाई कोरोना भाइरसको महामारी लागेपछि अस्पतालमा भर्ना भएका हुन् ।
उनी सीएनएन टेलिजिभनमा सबैभन्दा लामो समय ल्यारी किङ शो अन्तर्वार्ता कार्यक्रम चलाएर विश्वभर चर्चित छन् ।
उनी अमेरिकाको लस एन्जलसमा भर्ना भएका हुन् । उनकी २३ वर्षीया श्रीमती शावन किङ र उनीहरुका दुई छोराहरु अस्पतालमा जान पाएका छैनन् ।
लस एन्जलस अमेरिकाको कोरोनाका लागि हटस्पट नै मानिन्छ । ल्यारी किङ यसअघिदेखि नै स्वास्थ्य समस्यामा पर्दै आएका छन् । उनलाई हृदयाघात, प्रोस्टेट र क्यान्सरको समस्या रहेको छ ।