काठमाडौँ । नेपालमा गत २४ घण्टामा चार सय एक्काइस जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पाँच हजार ८०० जनाको नमूना परीक्षण गर्दा ४२१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौँमा उपत्यकामा (भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौँमा १६०) १९७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले गत बुधबारदेखि आइतबारसम्म दुई हजार ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । सो अवधिमा तीन हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।
गएको २४ घण्टामा ६३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६३७ जना निको भएका छन् । गत बुधबारदेखि आइतबारसम्म ३८ को कोरोनाबाट मृत्यु भएको छ ।