arrow

कोभिड-१९

सैंतीस हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित भइन् डा. नितु

logo
प्रकाशित २०७७ पुष २० सोमबार
covid-test-positive-corona.jpg

चितवन। सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छिन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिईन्

नी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा रहेकी छिन् । उनीसँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन् । अधिकारीले भनिन्, निकै गाह्रो हुँदो रहेछ । ले टाउको, शरीर र छाती दुखेको बताईन्

उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

भरतपुर कोभिड१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ, डा अधिकारीले भन्नुभयो कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।

जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।



लोकप्रिय समाचार
नयाँ