नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर २ का ७६ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्मा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
पुस १६ गते कोरोना पुष्टि भएका उनी १८ गते अस्पताल भर्ना भएका थिए । रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गर्दा गर्दै उनको सोमबार साँझ ५ बजे मृत्यु भएको वलीले बताए । योसँगै बाँकेमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।