नयाँ दिल्ली। कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्रलाई नै संकटमा पुर्याएको छ। विश्वको अर्थतन्त्र सन् १९३० पछिकै सबैभन्दा खराब स्थितिमा पुगेको छ। मानिसहरु 'सामान्य' जीवनमा फर्किने केही समय लागेको छ भने सबैभन्दा ठूलो प्रश्न रोजगारी पुनर्स्थापनाको कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन।
अप्ठयारोको बाबजुद महामारीले विश्वको यथास्थितिलाई सुदृढ गर्न र विश्व सुव्यवस्थालाई थप न्यायसंगत, पारदर्शी र जिम्मेवार ढंगले नया आकार दिन अवसर प्रदान गरेको छ। महामारीले विश्वव्यापी रुप लिएसँगै चीनको चर्को आलोचना भएको थियो। महामारीलाई लुकाउन र फैलाउन भूमिका खेलेको भन्दै चिनियाँ नेतृत्वमाथि पनि गम्भीर प्रश्नहरु उठिरहेका छन्।
आरोपका बाबजूद कोरोना कालमा चीन स्वास्थ्य सामग्री वितरणमा अग्रणी स्थानमा छ। अर्कोतर्फ भारतजस्ता विकाससील देशहरूले कोरोना कहरबीच आफ्नो ढुकुटी प्रयोग गरेर आवश्यक औषधि उपलब्ध गराउन अघि बढेको विषयले पनि चर्चा पाएको छ। विकसित देशहरूमै कोरोनाले ठूलो क्षति पर्याएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीविरूद्ध युद्ध गर्न सुरुदेखि नै खेलेको भूमिका विश्व मंचमा चर्चामा रहयो। अहिले आर्थिक समस्याको सामना गर्न समेत भारत सक्षम हुँदै सन् २०२१ मा उच्च आर्थिक बृद्धि गर्ने देश हुने भएको छ।
आर्थिक हिसाबले, महामारीले धेरै चुनौति खडा गरेको छ र अवसरहरू पनि प्रदान गरेको छ। यसको प्रतिकूल प्रभाव, भारतीय प्रवासीको लागि विशेष गरी मध्यपूर्वमा रोजगारीका अवसर गुमाउने क्रम सबैभन्दा बढी देखिन्छ। भारतका करिब ३ करोड गैर-आवासीय भारतीय छन्, जसमध्ये अनुमानित ८० लाख भारतीयहरु खाडी मुलुकहरुमा काम गरिरहेका छन्।
खाडी राज्यमा प्रवासी श्रमशक्तिको ३० प्रतिशतभन्दा बढी भारतीयहरू छन्। विश्व बैंकका अनुसार भारतमा रेमिट्यान्स २०१९ मा ८३ बिलियन डर भित्रिएको थियो भने सन् २०२० मा ६४ बिलियन डलर रेमिट्यान्स भित्रिएको छ।