टाटा मोटर्सद्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना गर्ने
टाटा गाडीको खरिदमा आकर्षक नगद छुट र उपहारहरु
प्रकाशित २०७७ पुष २३ बिहिबार
160
Shares
काठमाडौं। नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम यहि पुष २४ देखि २६ गतेसम्म (८,९ र १० जनवरी, २०२१) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो।
ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै, उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषण रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।