arrow

कोरोना कहर

कोरोनाले फेरि तोड्यो रेकर्ड, एकैदिन ८ लाख ९ हजार संक्रमित

अमेरिका र बेलायतको हालत थप गम्भीर

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
corona-vaccine3.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको खोप लगाउन थालिए पनि यसको गति भने बढ्दै गएको छ । विशेषगरी जुन देशहरुले खोप लगाउन थालेका छन् त्यही देशमा नै कोरोना महामारी झन् गम्भीर हुँदै गएको छ । 

अमेरिका र बेलायतमा यसको गति झन् बढ्दो छ । शुक्रबार एकैदिन ८ लाख ९ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो एकैदिनको आँकडामा रेकर्ड हो । मृतक पनि एकैदिन १४ हजार ६ सय भन्दा बढी भएका छन् ।  

सबैभन्दा बढी अमेरिकामा २ लाख ८७ हजार संक्रमित भएका छन् । योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २ करोड २४ लाख ४१ हजार ८७९ पुगेको छ । मृतक ३ हजार ८२२ थपिएका छन् । अहिलेसम्म ज्यान गुमाउने ३ लाख ७८ हजार ५७ पुगेका छन् । अझै २९ हजार १४० अमेरिकी गम्भीर बिरामी छन् । 

त्यस्तै समग्रमा पाँचौं स्थानमा रहेको बेलायतमा रेकर्ड ६८ हजार ५३ जना संक्रमित थपिएका छन् । अहिलेसम्म बेलायतमा २९ लाख ५७ हजार ४७२ जना संक्रमित भएका छन् । शुक्रबार १ हजार ३२५ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने ७९ हजार ८३३ पुगेका छन् । 

दोस्रो स्थानको भारतमा १८ हजार ४८१ संक्रमित थपिएसँगै कुल संक्रमित १ करोड ४ लाख ३२ हजार ५२५ पुगेका छन् । २२९ जनाको ज्यान गएसँगै ज्यान गुमाउने कुल संख्या १ लाख ५० हजार ८३५ पुगेको छ । 

तेस्रो स्थानको ब्रजिलमा ५४ हजार २४७ संक्रमित थपिएका छन् । ज्यान गुमाउने १ हजार ४४ थपिएका छन् । 

चौथो रुसमा २३ हजार ६५२ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतक ४५४ थपिएका छन् । 

छैटौं फ्रान्समा १९ हजार ८१४ संक्रमित तथा ३८१ मृतक थपिएका छन् । सातौं टर्कीमा ११ हजार ४७९ संक्रमित थपिँदा १८६ मृतक थपिएका छन् । 

आठौं इटालीमा १७ हजार ४७९ संक्रमित थपिँदा ६२० को ज्यान गएको छ । नवौं स्पेनमा २५ हजार ४५६ संक्रमित थपिँदा १९९ को ज्यान गएको छ । 

दशौं जर्मनीमा २५ हजार ७५३ संक्रमित थपिँदा १ हजार १४३ जनाको ज्यान गएको छ । 

नयाँ भेरिएन्ट देखिएको कोरोनाबाट दक्षिण अफ्रिकामा २१ हजार ९८० संक्रमिमत थपिँदा ६१६ को ज्यान गएको छ । 

कोरोनाको उद्गम देश चीनमा पनि ५३ जना संक्रमित थपिएका छन् ।  

 



लोकप्रिय समाचार
नयाँ