सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा विशेष छुट
प्रकाशित २०७७ पुष २७ सोमबार
183
Shares
काठमाडौं। सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ। त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज सुबिधाको सनराइज बैंकको क्रेडिट, डेबिट कार्ड र क्यूआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ।