सनराइज बैंकका ग्राहकलाई सांग्रिला भिलेज रिजोर्ट पोखरामा विशेष छुट
प्रकाशित २०७७ माघ ५ सोमबार
107
Shares
काठमाडौं सनराइज बैंकका ग्राहकहरुले सांग्रिला भिलेज रिजोर्ट, पोखराका विभिन्न सेवामा छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरी, सौना र पुलका सुविधाको सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन्।
बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ।