काठमाडौं। कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ सनराइज बैंकले 'कन्ट्याटलेस कार्ड' डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ। सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेलमा कारोबार गर्दा पिन राख्नु नपर्ने र कार्डलाई पोइन्ट अफ सेलमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ। यस कार्डमार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकले जनाएको छ।
उक्त कार्डबाट ट्याप ७ पे गर्न ट्याप सुविधायुक्तपोइन्ट अफ सेलको आवश्यकता पर्दछ। बैंकले हालको पोइन्ट अफ सेललाई स्तरोन्नत्ती गरी पिओएस सुविधायुक्त ट्याप उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनी गरिेसकेको छ। उक्त कार्ड ट्याप भएको पिओएसमा र ट्याप मार्फत र अन्य ट्यापमा पिओएसबाट चलाउन समेत सकिने समेत बैंकले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त कार्ड मार्फत हाललाई बिना पिन अधिकतम दुई हजार रुपैयाँ सम्मको कारोबार गर्न सकिने छ भने दुई हजार भन्दा बढीको कारोबार गर्दा पिन प्रयोग गर्नुपर्नेछ।
१६० एटिएम, १३९ शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो।
डेबिट-क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नविनतम् सेवा सुबिधा ल्याउँदै आएको छ।
'कन्ट्याटलेस कार्ड' को प्रयोगले कार्डबाहकलाई हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोभिडको सँक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैंकले विश्वास लिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।