arrow

थप चार सय अठासीमा संक्रमण, दश जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौँ उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
बितेको २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना संक्रमणमुक्त हुनेको दर ९७.६ प्रतिशत पुगेको छ । चार हजार ३७३ जना संक्रमित आइसोलेशनमा छन् ।

सोमबार १० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
नयाँ