arrow

सिंहदरबार अघि भद्रकालीमा बस दुर्घटना, तीन घाइते

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
accident1.jpg

काठमाडौँ । सिंहदरबार अघि भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ ।

घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए ।

बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ ।



लोकप्रिय समाचार
नयाँ