जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु
सिन्ह्वा,
प्रकाशित २०७७ माघ १ बिहिबार
142
Shares
बर्लिन। कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २ सय ४४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन्। जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार एक सय ६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। योसँगै जर्मनीमा कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ८० हजार पुगेको छ।
“कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म एकैदिनमा यति धेरै मानवीय क्षति कहिल्यै भएको थिएन, यो नै एकैदिनमा भएको सवैभन्दा धेरै क्षति हो,” एक अधिकारीले भने।
महामारीमा परेर जर्मनीमा अहिलेसम्म ४३ हजार ८८१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जर्मनी अग्रपक्तिबाट क्रम सङ्ख्या १० मा रहेको छ।