काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वभर २० लाख भन्दा बढीको ज्यान लिएको छ । शुक्रबार बिहानसम्म २० लाख १ हजार २०० भन्दा बढीको ज्यान गइसकेको हो ।
बिहीबार ९ करोड ३५ लाख ८ हजार भन्दा बढीलाई कोरोना लागेकामा यति ठूलो संख्यामा ज्यान गएको हो । सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकाका हुन् ।
अमेरिकामा २ करोड ३८ लाख ४७ हजार ५०० संक्रमिमत भएकामा ३ लाख ९७ हजार ९२१ को ज्यान गएको छ । दोस्रो भारतमा १ करोड ५ लाख २८ हजार ३४६ जना संक्रमित भएकामा १ लाख ५१ हजार ९५४ जनाको ज्यान गएको छ ।
तेस्रो ब्रजिलमा ८३ लाख २६ हजार ११५ जना संक्रमित भएकामा २ लाख ७ हजार १६० जनाको ज्यान गएको छ । चौथो रुसमा ३४ लाख ९५ हजार ८१६ जना संक्रमित भएकामा ६३ हजार ९४० को ज्यान गइसकेको छ ।
पाँचौं बेलायतमा ३२ लाख ६० हजार २५८ जना संक्रमित हुँदा ८६ हजार १५ जनाको ज्यान गएको छ । छैटौं फ्रान्समा २८ लाख ५१ हजार ६७० जना संक्रमित हुँदा ६९ हजार ३१३ जनाले ज्यान गुमाएका छन् ।
अन्य देशहरुमा सातौं स्थानको टर्कीमा २३ लाख ६४ हजार भन्दा बढी संक्रमित हुँदा २३ हजार ४९५ जनाको ज्यान गएको छ । आठौं इटालीमा २३ लाख ३६ हजार २७९ संक्रमित हुँदा ८० हजार ८४८ जनाको ज्यान गएको छ ।
कम संक्रमित भएर बढी ज्यान गुमाउने राष्ट्र मेक्सिकोमा १ लाख ३६ हजार ९१७ जनाको ज्यान गएको छ । स्पेनमा ५३ हजार ७९, कोलम्बियामा ४७ हजार ४९१, जर्मनीमा ४५ हजार ४९२, अर्जेन्टिनामा ४५ हजार १२५, पोल्यान्डमा ३२ हजार ४५६, इरानमा ५६ हजार ५३८ जनाको ज्यान गएको छ ।
नेपालमा १ हजार ९४३ जनाको ज्यान गइसकेको छ ।