काठमाडौं । कोरोना भाइरसबाट संक्रमण भइ निको भएकाहरुलाई फेरि संक्रमण हुने सम्भावना एकदमै न्युन देखिएको छ । बेलायतको जनस्वस्थ्य विभागले गरेको अध्ययनबाट एक पटक संक्रमित भइसकेका हरुलाई पुन संक्रमण हुने सम्भावना ८३ प्रतिशतले कम देखिएको हो ।
कोरोना भाइरसबाट संक्रमित नभएकाहरु भन्दा भएकाहरुलाई पुन संक्रमण हुने सम्भावना ८३ प्रतिशत कम देखिएको हो । यद्यपी ती व्याक्तिबाट अरुमा संक्रमण सर्ने सम्भावना भएका कारण सामाजिक दुरीका नियमहरु पालना गर्न भने आग्रह गरिएको छ ।
एक पटक संक्रमण भएका ६ हजार ६ सय १४ जनामा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । यी मध्ये ४४ जनामा मात्रै पुन संक्रमण देखिएको थियो । यद्यपी यो नतिजा पाँच महिनाको अवधिको मात्रै हो । अनुसन्धानकर्ताहरुले १२ महिनाको अवधिको तथ्याकंमाथि पनि अध्ययन थालेका छन् ।
लामो समय भएपछि कति समयसम्म एन्टीबडी शरिरमा रह्यो र कति समयसम्मका लागि प्रतिरक्षा प्रणाली बलियको हुनेछ भन्ने कुरा थाहा हुनेछ ।
यो अध्ययनले धेरै जसो स्वास्थ्यकर्मी एवं अन्य मानिसहरुलाई पुन संक्रमणको चिन्ताबाट केही हदसम्म भएपनि मुक्त गराएको छ । यद्यपी पुन संक्रमण नभएपनि ती व्याक्तिबाट अरुमा सर्न सक्ने भएका कारण सामाजिक दुरीका नियमहरु पालना गर्न आग्रह गरिएको छ।