काठमाडौं । विश्वकै सबैभन्दा ठूलो औषधी उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोना भाइरविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा प्रयोगका लागि अनुमति मिलेको छ ।
यो खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि कम्पनीले बनाएको खोपको भारतीय उत्पादन हो । भारतमा पनि यो खोपलाई अनुमति दिइसकेको छ ।
कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेकाले नै उत्पादन गरेको खोप ७० प्रतिशत सफल देखिएको थियो ।
औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगका लागिअनुमति दिएको हो ।