काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमै भेटिएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जना (२८वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय)पुरुषमा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।
तीनै जनाको नमुना परीक्षणका लागि मन्त्रालयले हङकङ पठाएको थियो । गत पैष २७ गते परीक्षणका लागि पठाएको नमुनाको नतिजा माघ ५ गते आएको र सोमा बेलायतमा भेटिएको भेरियन्टकोे संक्रमण भएको पाइएको हो ।
संक्रमित तीन जनामध्ये २ जनालाई अहिले नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषभने संक्रमणकै अवस्थामा रेहेको मन्त्रालयले जनाएको छ ।
तुलनात्मक रुपमा निकै बढी संक्रामक मानिएको यो स्वरुपको कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना रहेका कारण सरकारफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।