काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । त्यसमा पनि नयाँ नयाँ प्रजातिको कोरोना झन् खतराको रुपमा बाहिर आइरहेको छ । यस्तोमा भारतमा गरिएको एक अनुसन्धानले कस्तो समूहका मानिसलाई बढी कोरोनाले आक्रमण गरेको छ त भनी देखाएको छ ।
भारतको सर्वोच्च अनुसन्धान संस्था काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डिस्ट्रियल रिचर्स (सीएसआईआर) ले यो दावी गरेको छ कि धुमपान गर्नेहरु र शाकाहारी मानिसमा कोरोनाको संक्रमण हुने सम्भावना कम भएर जान्छ ।
भारतभर गरिएको सर्वेपछि यो नतिजा निस्केको हो । ओ रक्तसमूह भएका व्यक्तिलाई कोरोना लाग्ने सम्भावना अत्यन्त कम रहेको समेत पनि सर्वेले बताएको छ ।
त्यस्तै बी र एबी रक्तसमूह भएका मानिसमा संक्रमणको खतरा एकदमै बढी हुने गरेको छ ।
सीएसआईआरले देशभरका १० हजार ४२७ मानिसको लिएको नमूनाबाट यसको निस्कर्ष निकालेको हो । विभिन्न स्थानमा भएका ४० वटा प्रयोगशालामा गरिएको परीक्षणबाट यस्तो निष्कर्ष निकालिएको पनि बताइएको छ ।
१० हजार ४२७ मध्ये १ हजार ५८ अर्थात् करिब १०.१४ प्रतिशत मानिसमा कोरोनाविरुद्धको एन्टीबडी पाइएको छ ।
आइजीआईबीका सिनियर वैज्ञानिक शान्तनु सेन गुप्ताका अनुसार तीन महिनापछि जब फलोअप गरियो तब पत्ता लाग्यो कि ३४६ जनामा कोरोनाविरुद्धको एन्टीबडी स्थिर रहेको छ ।
तर कोरोनालाई नष्ट गर्ने प्लाज्मा गतिविधि कम हुँदै गएको छ । ६ महिनापछि जब यसको नमूना परीक्षण गर्न थालियो तब पत्ता लाग्यो कि ३५ जनामा एन्टीबडीको स्तर कम हुँदै गएको छ । तर प्लाज्मा गतिविधिको सक्रियता भने उच्च रहेको पाइएको छ ।
शान्तनुका अनुसार धुमपान गर्नेहरुमा कोरोना संक्रमणको खतरा कम रहने गरेको छ । यो भने हाँस्यास्पद पनि लाग्छ । किनकि कोरोना फोक्सोलाई सबैभन्दा बढी क्षति पुर्याउँछ । धुमपानको असर पनि फोक्सोमै हुन्छ । तर धुमपानले कसरी फोक्सोलाई कोरोनाबाट बचाउँछ ? यो निकै गहन अध्ययनको विषय बनेको छ ।
यो भारतमा मात्र नभई अमेरिका, इटाली, फ्रान्स र चीनमा भएको अध्ययनबाट पनि स्पष्ट भएको छ । ती देशहरुले पनि धुमपान गर्नेहरुमा कोरोनाको संक्रमण कम भएको पाइएको निष्कर्ष निकालेका छन् ।
सीएसआईआरले सार्वजनिक यातायातमा सवार, सेक्युरिटीमा काम गर्नेहरु, घरको काम गर्ने मेड, धुमपान नगर्नेहरु, मांशाहारीहरुलाई कोरोना हुने सम्भावना अत्यन्त बढी हुन्छ ।
गत वर्षको जुलाईमा भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने धुमपान गर्नेहरुलाई कोरोनाको संक्रमण निकै छिटो हुने दावी गरेको थियो । तमाखु पनि नखान सचेत गराइएको थियो ।
विज्ञहरुले पनि धुमपान गरे कोरोनाको संक्रमण हुने सम्भावना बढी रहेको बताउँछन् । (एजेन्सी)