arrow

होम आइसोलेसनमा बसेका दुई कोरोना संक्रमितको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ माघ ६ मंगलबार
corona-killed-final.jpg

नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको हो ।

पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको राति ९ः३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनी मधुमेह, थाइराइड, प्रेसर र मानसिक रोग पीडित थिए ।

यस्तै होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी बेहोस भएपछि बिहान ६ बजे भेरी अस्पताल लगिए लगत्तै ६ः१० मै मृत्यु भएको वलीले बताए । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो । 

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ