काठमाडौँ । पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्मको कोरोना संक्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् ।
बुधबार थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ ।
गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ ।