arrow

बिहिबार कति पुगे संक्रमित तथा मृतक ?

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार ३० जनाको स्वास्थ्य परीक्षण गर्दा १२२ महिला र २१४ पुरुष गरी सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

बिहिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ६८ हजार ६४६  पुगेको छ । पछिल्लो समय थप २२६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६२ हजार ८६८ पुगेको छ ।

अहिले देशभर तीन हजार ७९९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७२ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेशनमा छन् । हालसम्म २० लाख ३१ हजार ७५६  जनाको पिसिआर परीक्षण भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९७९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ