काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमको विरोध गर्न बालुवाटार पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार मानवअधिकार तथा शान्ति समाजले ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।