arrow

संक्रमितको संख्या कम हुँदै, चौबीस घण्टामा शून्य मृतक

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना संक्रमण देखिएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म संक्रमित हुनेको कूल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।



लोकप्रिय समाचार
नयाँ